देश

भारतीय राजदूत खुमलटारमा


काठमाडौँ— भारतीय राजदूत नवीन श्रीवास्तव आज बिहान ललितपुरको खुमलटार पुग्नुभएको छ ।

उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्न जानुभएको हो । उहाँ बिहान १० बजे लैनचौरबाट दाहाल निवास पुग्नुभएको थियो ।

राजदूत श्रीवास्तवले अध्यक्ष दाहालसँग झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको खुमलटार स्रोतले जनाएको छ ।