देश

निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल


काठमाडौँ—नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन् । मतदाताले पाँच वर्षका लागि चुनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उनको भनाइ छ ।

त्यसका लागि नागरिक अगुवा सम्मिलित समिति गठन गर्नुपर्नेमा आफूहरूको जोड रहेको पौडलले बताए ।पौडेलले अहिले राजनीतिप्रति विश्वास जनाउनुपर्ने भन्दै परम्परागत नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा राखे ।​

उनले अहिले जनप्रतिनिधिहरू मालिक बन्ने प्रवृत्तिले जनताको समस्या समाधान हुन नसकेकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे ।