Breaking

सीता दाहाल फेरि अस्पताल भर्ना


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई फेरि अस्पताल भर्ना गरिएको छ ।

केही दिनअघि मात्र डिस्चार्ज भएकी उनलाई स्वास्थ्य समस्या दोहोरिएपछि पुनः ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको श्वासप्रश्वासमा समस्या देखिएको छ ।

सास फेर्न गाह्रो भएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको हो । सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन् ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । मधुमेह र उच्च रक्तचापबाट समेत पीडित सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन् ।