Breaking

देशभर एमालेको जनलहर आयो, गठबन्धनले चुनावमा धुलो चाट्छ् : अध्यक्ष ओली (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादको मुद्धामा जहिल्यै अग्रभागमा आउँछन । ओलीले विगतमा राष्ट्रवादकै मुद्धा बोकेर निर्वाचन जितेका थिए । अहिले फेरि निर्वाचनको दौड चलेको छ । ओलीले फेरि राष्ट्रवादको नारा लगाउँदा विपक्षीहरु तर्सिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेर चुनावी सभाको श्रीगणेश गरे । हुन त सूर्य पूर्वबाटै उदाउँछ र पश्चिममा गएर अस्ताउँछ । तर चुनावी दौडमा होमिएका ओलीको सूर्य पश्चिमबाट उदाउँने तयारी गरेको छ । र यसका लागि राष्ट्रियताको मुद्धा ओलीका लागि प्रमुख सारथी बनेको छ । विगतको निर्वाचन राष्ट्रवादी छबिकै बलमा जितेका ओली यसपटक पनि जमिनमाथिको कब्जा सह्य नहुने भन्दै चुनावमा होमिएका छन् । र यसका लागि दार्चुला सबैभन्दा उत्तम भूमि बनेको छ ।

ओली नेतृत्वकै सरकारका पालामा राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा जारी भएको थियो । भलै चुच्चे नक्सा पाठ्यपुस्तकमा छोप्न रोक्ने पनि ओली नै थिए भनेर तत्कालिन शिक्षामन्त्रीले खुलाशा गरेका थिए । तर अहिले चुनावकै मुखमा रहेका बेला ओलीका लागि कालापानी, लिपुलेक र लिम्पियाधुराको माया हुरहुरी बढेर आएको छ । शुक्रबार नै दार्चुलाको चुनावीसभालाई सम्बोधन गरेका ओलीले भारतले मिचेको एक इन्च जमिन पनि नछोड्ने दावा पेश गरेका छन् ।