Breaking

ओलीको राष्ट्रवादसँग तर्सिए देउवा–प्रचण्ड, भारतलाई ओलीको चेतावनी, दार्चुला पुगेर ओलीको राष्ट्रवादी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादको मुद्धामा जहिल्यै अग्रभागमा आउँछन । ओलीले विगतमा राष्ट्रवादकै मुद्धा बोकेर निर्वाचन जितेका थिए । अहिले फेरि निर्वाचनको दौड चलेको छ । ओलीले फेरि राष्ट्रवादको नारा लगाउँदा विपक्षीहरु तर्सिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेर चुनावी सभाको श्रीगणेश गरे । हुन त सूर्य पूर्वबाटै उदाउँछ र पश्चिममा गएर अस्ताउँछ । तर चुनावी दौडमा होमिएका ओलीको सूर्य पश्चिमबाट उदाउँने तयारी गरेको छ । र यसका लागि राष्ट्रियताको मुद्धा ओलीका लागि प्रमुख सारथी बनेको छ ।

विगतको निर्वाचन राष्ट्रवादी छबिकै बलमा जितेका ओली यसपटक पनि जमिनमाथिको कब्जा सह्य नहुने भन्दै चुनावमा होमिएका छन् । र यसका लागि दार्चुला सबैभन्दा उत्तम भूमि बनेको छ । ओली नेतृत्वकै सरकारका पालामा राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा जारी भएको थियो ।

भलै चुच्चे नक्सा पाठ्यपुस्तकमा छोप्न रोक्ने पनि ओली नै थिए भनेर तत्कालिन शिक्षामन्त्रीले खुलाशा गरेका थिए । तर अहिले चुनावकै मुखमा रहेका बेला ओलीका लागि कालापानी, लिपुलेक र लिम्पियाधुराको माया हुरहुरी बढेर आएको छ । शुक्रबार नै दार्चुलाको चुनावीसभालाई सम्बोधन गरेका ओलीले भारतले मिचेको एक इन्च जमिन पनि नछोड्ने दावा पेश गरेका छन् ।

२०७४ को निर्वाचन अघि नाकाबन्दीको विरोध गरेकै कारण हाइहाइ कमाएका ओलीलाई जनताले मतद्धारा धन्यवाद दिएका थिए । उही राष्ट्रवादी उडानको सुरक्षित अवतरण हुन यसपटक चुनौती झेल्नुपर्नेछ । किनकि ओलीको ‘राष्ट्रवादी कार्ड’देखि विपक्षी तर्सिनेमात्रै होइन, सर्तक भएर विरोधसमेत जनाइरहेका छन् ।

बिहिबार नै गृहजिल्लाको चुनावी सभालाई सम्बोधन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियतालाई चुनावी मुद्धा नबनाउ आग्रह गरेका छन् । ओली दार्चुला पुग्नुको उद्देश्य नै राष्ट्रवादी बन्ने तयारी रहेको बुझेका देउवाले उल्टै संविधानविरोधीको बिल्ला भिराएर कोही दल राष्ट्रघाती नभएको भन्दै राष्ट्रवादलाई चुनाव मुद्धा नबनाउ चेतावनी दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेसपाका अध्यक्ष बाबुराम भट्टराई समेत ओलीको राष्ट्रवादी कार्डसँग तर्सिएका छन् ।

कुनैबेला महाकाली सन्धीमा धमिलिएको छबि सच्याउन ओलीले नाकाबन्दीको विरोध गरे । सीमा नक्सांकनको कदम चाले तर पुरा गरेनन् । ओलीको सत्ता ढाल्नुअघि भारतलाई कम्फर्टेबल सरकार बनाउँछौं भनेका प्रचण्ड–देउवाको त के कुरा गर्नु । चुनावी एजेन्डा सकिएपछिनिर्वाचनका मुखमा राष्ट्रवादी बन्नु नेताको बाध्यता बनेको छ । भलै गठबन्धन निर्माणदेखि सरकार फेरबदलसम्म विदेशी इशारामा उनीहरु नाच्छन् र विदेशी हस्तक्षेपलाई खुलमखुल्ला निम्ता दिन्छन् ।जुन यही निर्वाचनमा जनताले बुझ्न आवश्यक छ ।