Breaking

काठमाडौं १ मा भिडन्त, प्रकाशमानको पासा पल्टाउन तीन खेलाडी मैदानमा, मिश्र, खरेल र बम सकिने बाटोमा


काठमाडौँ — सबैभन्दा बढी उम्मेदवारको आँखा परेको निर्वाचन क्षेत्र हो काठमाडौं १ । यहाँ विगतमै ह्याट्रिक गरेका प्रकाशमान सिंह चौथापटक चुनाव लड्दैछन् भने सिंह विरुद्ध अन्य ३१ जना मैदान छिरेका छन् । वैकल्पिक शक्तिको साइनबोर्ड झुन्ड्याएकै कारण २०७४ को निर्वाचनमा रवीन्द्र मिश्रले झण्डैप्रकाशमान सिंहको विरासतमा पूर्णविराम लगाएका थिए । तर भाग्य बलियो कि मिश्रको तयारी कम, सिंह ८१८ मतान्तरसहित निर्वाचन जित्न सफल भए ।

यसपटक पुनः सिंह सत्ता गठबन्धनको समर्थनसहित उम्मेदवार बनेका छन् भनेराप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका मिश्र पनि पुनः टक्करमा आएका छन् । सरसर्ती यसपटक पनि सिंहको बलिया प्रतिस्पर्धी मिश्र नै बन्ने देखिएको छ । तर मिश्रलाई समर्थन गर्न छाडेर आफ्नै पार्टीका किरण पौडेललाई खडा गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेर पठाए विशेष जिम्मेवारी दिएर पठाउने आश्वासन अहिले नै मतदाता माँझ बाँडेका छन् ।

पटक–पटक सत्ता सञ्चालनको अवसर पाएका दलको उम्मेदवारभन्दा आफुलाई योग्य ठान्दै सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र पनि यही हो । यसअघि नै ह्याट्रिक गरेका सिंह चौथोपटक चुनाव लड्दैछन् छन् । यही निर्वाचन क्षेत्रको मतले उपप्रधानमन्त्री बनेको भन्दै अब पालो प्रधानमन्त्री बन्ने रहेको जिकिर गर्न पनि सिंहले छोडेका छैनन् । तर सिंहलाई रोक्नकै लागि यहाँ सबैभन्दा बढी ३२ जनाको उम्मेदवारी परेको छ ।

तर मुख्य रुपमा चर्चा सिंह, मिश्र र स्वतन्त्र पार्टीका पुकार बमसहित नेपाल सुशासन पार्टीका रमेश खरेलको मात्रै भइरहेको छ । सिंहको विरासत विगतदेखि नै बलियो रहेकाले सिंह विरोधी मत तान्ने र विजयीको झण्डा गाड्न सबै लागिपरेका छन् ।मिश्र, बम र खरेल एक ठाउँमा उभिएर कुनै एकलाई समर्थन गरे जित्ने सम्भावना पनि छ । तर उनीहरुनै एकअर्काको मत काट्न लागिपरेपछि सिंहलाई झनै सहज बनेको छ ।

यो निर्वाचन क्षेत्र काठमाडौं महानगरका ४ वडा मिलेर बनेको छ । सुकुम्बासीदेखि हुकुमबासीसम्मको बसोबास छ । सबैभन्दा बढी निजामति कर्मचारीदेखि अनपढ मानिसको बसोबास पनि यही क्षेत्रमा छ । को कस्तो मतदाता भन्ने छुट्ट्याउनै मूस्किल पर्ने भएकाले धमिलो पानीमा माछामा मारेझैं यहाँ चुनाव भिड्नेहरुको चासो समेत रहदै आएको छ ।

बम, खरेल र अन्य ११ जना स्वतन्त्र उम्मेदवारले समेत यसैलाईमध्यनजर गर्दै उम्मेदवारी दिएका हुन् ।तर विरासतधारी दलका अघि गतिलो स्वतन्त्र उम्मेदवार समेत नभएको र विगतमा झण्डै विजयी भएका मिश्रको क्रेज पनि पहिले जस्तो नरहेकाले यहाँ पल्ला फर्काउन कठिन देखिएको छ ।