Breaking

चुनावको मुखमा झाँक्री र गोकर्णको द्वन्द्व, प्रदीपलाई रोकेरै छोड्ने चन्द्रको अठोट, के भन्छ अंक गणित ?


काठमाडौँ — चुनावीप्रतिस्पर्धाको हिसाबले गुल्मी सधैँ चर्चामाआउने जिल्लाहो ।गुल्मीकादुवै क्षेत्रमा यस पटक पनिचुनावीप्रतिस्पर्धा रोचक र कडा देखिएको छ । मंसिर ४ को निर्वाचननजिकिँदै गर्दा यस पटक पनिगुल्मीको चुनावीचर्चा चुलिदो छ । गुल्मीको निर्वाचनमानेकपाएमाले र सत्ता गठबन्धनबीचको प्रतिस्पर्धालाई जिल्लादेखि केन्द्रसम्मचासोका साथ हेरिएको छ । पुरानो किल्लाजोगाउने र भत्काएर नयाँनिर्माण गर्ने नेताहरुबीचको खेल निकै रोचकबन्दै गएको छ ।

दुइवटा निर्वाचन क्षेत्र भएको जिल्लामाचर्चित अनुहार नै प्रतिष्पर्धी भएको र वर्षौसम्म सँगै सहकार्य गरेकाबीच भिडन्तले चुनावीमाहोल गर्मराएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सदाबहार प्रतिस्पर्धीहरू प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी प्रतिस्पर्धी छन् भने क्षेत्र नम्बर २ मा गुरु–चेलीभनेर चिनिने पूर्वसहकर्मी गोकर्ण विष्ट र रामकुमारी झाँक्रीआमनेसामने छन् । गुल्मी क्षेत्र नम्बर १ जहाँ डेढ दशकदेखिउही पुरानै अनुहार चुनावीप्रतिष्पर्धामा छन् ।

एमाले उपमहासचिवप्रदीप ज्ञवाली र कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीबीचको चुनावी लडाई २०६४ साल देखि निरन्तर चल्दै आइरहेको छ । गुल्मी १माचुनावी लडाई कम र यीदुई नेताको प्रतिष्ठाको लडाई बढी हुने गरेको छ । लामो वर्षसम्मको भिडन्तले चुनावी लडाई गौड र प्रतिष्ठाको लडाईलाई विशेष बनाएको छ । चौथो पटक हुनलागेको यो लडाईमागुल्मी १ बासीले अहिलेसम्मदुवैलाई अवसर दिएका छन् ।

दुई पटक ज्ञवालीलाई संसद्को ढोका खोलिदिँदा एक पटक भण्डारीलाई पनिमाननीयबनाएको छ । त्यस्तै अहिले ज्ञवाली तेस्रो पटक संसद् छिर्नेतयारी गर्दै छन् भने भण्डारी बराबरी गर्नेदाउमा छन् । गठबन्धनको साथपाएका भण्डारीलाई रोक्न ज्ञवालीलाई ठूलो चुनौती छ । गठबन्धनको साथमाबलियो देखिएका भण्डारी ज्ञवालीको किल्लाभत्काउनमतदाताको घर दैलोमा नै पुगेर मकै भट्टमास चपाउनुको मज्जालिँदै भोट रिझाई रहेका छन् ।

गुल्मी १मा जस्तै रोचकप्रतिष्पर्धा २ मापनि छ । आफूलाई गुरु–चेलीको सम्बन्धले परिचित गराउनचाहने एमालेका सचिवगोकर्ण विष्ट र गठबन्धनका तर्फबाट उम्मेदावर बनेकीएकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीआपसमा भिड्दै छन् । लामो समय एउटै पार्टीमामात्रनभएर एकै ‘गुट’मा रहेर सहकार्य गरेकीझाँक्री अघिल्लो चुनावमा विष्टका लागिभोट माग्दै हिडेकीथिइन् । यस क्षेत्रमादलगतहिसाबले एमालेको तुलनामाएकीकृत समाजवादीनिकै कमजोर छ ।

तर, सत्ता गठबन्धनको साथले झाँक्रीपनिबलियो स्थितिमा छन् । एमाले र विष्ट आफ्नो विरासतजोगाउनलागिपर्दा गठबन्धन पनिआफ्नो इज्जतजोगाउनकम्मर कसेर लागेको छ । विष्टप्रति लक्षितअभिव्यक्तिदिँदै झाँक्रीले राजनीतिक संस्कार नदेखाउनेलाई गाउँबाटै पाखालगाउनुपर्ने बताउँदै आएकी छिन् ।

२०५६ सालदेखि चुनावमाप्रतिस्पर्धा गर्न थालेका विष्ट एक पटकमात्रै निराश बनेका छन् । ०५६, ०७० र ०७४ को निर्वाचनमाविजयीभएकाविष्टले २०६४ माभने माओवादीकाचन्द्रबहादुर थापासँग पराजितभएकाथिए । बारम्बार गुल्मीबाट निर्वाचनभएर मन्त्रीसमेत बनेका विष्टले फेरि पनिमतदातालाई आकर्षित गर्न आफ्नो योजना र उद्देश्यहरु प्रचारको भिडियो साम्रगीबनाएरै मतदाता रिझाउनतर्फ लागेका छन् ।

गुल्मीएकमा ०६४ मा ज्ञवालीले जित्दा ७० मा भण्डारीलाई रोजेका गुल्मीबासीले पुनः ०७४ मा ज्ञवालीलाई नै आफ्नो प्रतिनिधिबनाए । यसरी गठबन्धनको साथ रोल क्रमलाई हेर्दा भण्डारीको पल्लाभारी देखिन्छ । त्यस्तै दुईमापनिविकास निर्माणका केहीकामअधुरै रहनु,लामो समयदेखि दोहोरिइरहेको र गठबन्धनले युवा र महिलाउम्मेदवार उठाएकाले विष्टलाई केहीचुनौतीभने थपिएको छ ।