काठमाडौँ—एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सीमानाका झुलाघाटमा पक्की पुल बनाउने जिम्मा आफूले लिने बताएका छन् ।
बैतडीको पाटन नगरपालिकामा शुक्रबार आयोजना गरिएको एमालेको चुनावीसभालाई सम्बोधन गर्दै झुलाघाटको झोलुङ्गे पुलमा हिँड्नुपर्ने बाध्यता हट्ने र महाकाली करिडोर पनि तयार गर्ने पूर्वप्रधानमन्त्री ओलीले बताए ।
उनले बैतडीमा रहेको भिमदत्त पोलिटेक्निकल कलेज र गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्नति गर्ने बताए । दशरथचन्द स्मृति प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठानको विकास गरिने पनि उनले बताएका छन् ।
प्रतिक्रिया