Breaking

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली ४० जिल्लामा पुग्ने


काठमाडौँ – नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।