Breaking

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ मन्दिरको दर्शन


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएसँगै उहाँले मन्दिरको दर्शन गर्नुभएको हो ।

मन्दिरको दर्शनसँगै उहाँले निर्माण सम्पन्न भएको ३५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिने ३५ फिट उचाइको भगवान विष्णुको मूर्तिको आज नै शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।