समाचार

सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृतको ज्यान गयो


काठमाडौँ — परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ ।

सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो ।

अनामनगर बस्दै आएकी सुब्बा कार्यालय समय सकेर घर फर्किंदै थिइन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठक्करबाट घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो । उनलाई अस्पतालले मृत घोषित गरेको हो । सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् ।