Breaking

रवि लामिछाने र उनको पार्टीका चुनौती के?पार्टी छोड्नेहरु बढे,मिश्र कै हालत हुने त हैन ?


काठमाडौँ — सन्चारकर्म छोडेर राजनीतिमा होमिएका रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । विकल्प दिन भन्दा पराम्परागत शक्तीले झै अरुलाई दोषी देखाउँदै ल्याइएको घोषणापत्र मार्फत संसदको यात्रा तय गर्ने आशामा पार्टी रहेको छ । वैकल्पिक राजनिती गर्ने भन्दै पूर्व सञ्चारकर्मी रवि लामिछानेले गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आफ्नो पेशा, क्षेत्र तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तिहरूको बाहुल्यता रहेको यो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाईसमेटेको बताएको छ । खास गरी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिन चाहने व्यक्तिहरूको वाहुल्यताले भरिएको पार्टीका अध्यक्ष रवि लामिछानेले बाचा पूरा नगरे कारबाहीको व्यहोराको कागज बनाउन र त्यसमा आफू ल्याप्चे लगाउँछु तयार रहेको बताए ।

आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताएका उनले संसदमा जान तम्तयार भएर बसेको समेत बताएका छन । तर उनी पनि देशकै नेतृत्वसम्म सपना देखे पनि विकल्प दिन भन्दा पुराना दललाई नै गाली गर्नमै व्यस्त देखिएका छन ।

पहिलेस्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले नै आफ्नो पार्टीको चुनाव चिह्न लिनु र आआफ्नो क्षेत्रमा ख्याति कमाएका अन्य व्यक्ति पनि जोडिन खोज्नुले स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बनेका छन्। यद्यपी स्थापना भएको छोटै समय र संगठन विस्तार हुन नसकेकाले ठूला पार्टीसँग प्रतिस्पर्धा गर्न भने स्वतन्त्र पार्टीलाई त्यति सजिलो छैन । तर आश्चर्यजनक नतिजा निकाल्नेमा भने पार्टी आशावादी देखिएको छ ।

विशेषत डा.तोसिमा कार्की,पुकार वम,प्रयण शमसेर जबरा जस्ता उम्मेद्वारले चर्चामा रहेको पार्टीमा लामिछानेको प्रभावशाली छवीले सुनमा सुगन्ध थप्ने धेरेको अपेक्षा छ । त्यसमा पनि कार्कीमाथि निर्वाचन आयोगको पछिल्लो कदमले पार्टी थप चर्चामा छ । तर यहिवीचमा पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेर एमाले नै फर्किएका छन भने चुनावको मुखमै प्रदेश अध्यक्षले नै पार्टी छोडे पार्टीमा धक्का लाग्ने विश्लेषण सुरु भएको छ ।

त्यस्तै आफ्ना ससुराका साथिलाई चुनाव जिताउन चितवन ३ छोडेर २ मा आएको आरोप लाग्दै गर्दा प्रदेश १ का प्रदेश, जिल्ला र नगरका नेताहरुले नेतृत्वमाथि विभिन्न आरोप लगाएका छन ।सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण अपारदर्शीतरिकाले गरेको, उम्मेदवार छनोट हुनुअघि नै आकांक्षीहरुसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिहरुको स्वेच्छाचारिता बढेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा नै गरेका छन ।

दलको व्यानर नै च्यातेर अन्तुष्टि देखाएका उनीहरुको जस्तै असन्तुष्टि अन्य स्थानमा समेत देखिदा पार्टीमा भएका केहि चर्चित र परिचित अनुहारहरूको आकर्षणले मात्रै चमत्कार गर्नेमा भने विश्वास गरिहाल्ने अवस्था छैन । हुन त लामिछाने पनि रविन्द्र मिश्रकै अवस्थामा पुग्ने त हैनन ? भन्ने तिखो प्रश्नका वीच उनीमा चुनौती पनि धेरै छन ।

तर केवल यो पटक राष्ट्रिय दलसम्म बन्न पाए विस्तारै पार्टीको स्थिती सुधार्ने आशामा रहेका उनी आफ्ना एजेण्डा अरु दलले पुरा गरे आफू त्यसैमा विलय हुन तयार रहेको समेत बताउँदै आएका छन् । यदि पार्टीले सोचेजस्तो स्थिती नबनाए केवल स्वतन्त्र हुनुभन्दा कसैको चिन्ह लिएर चुनावमा जानु वेश भन्ने सोचेर यो पार्टीमा आएकाहरु के गर्छन ? यो प्रश्न पनि अहिले पेचिलो बनेको छ ।