Breaking

आश्वासन बाड्न कांग्रेस र एमालेबीच प्रतिष्पर्धा, यी योजना कसरी कार्यन्वयन होलान् ?


काठमाडौँ — सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले आउदो चुनावको चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । दुइ पार्टीका प्राथमिकतामा के–के समानता र के–के भिन्नता रहेका छन् त ? सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले आउदो चुनावको चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले गत शनिवार र नेकपा एमालले मंगलवार आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्ने सरकारले मुलुकको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ ।

विशेष गरेर यति बेला लामो समय मुलुकको नेतृत्व गरेको नेपाली काँग्रेस र नेकपा एमालले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डालाई अगाडि सा¥यो भन्ने सबैको चासोको विषय बनेको छ । ठूला दुई राजनीतिक पार्टी एमाले र काँग्रेसले चुनावी घोषणापत्रमा मुलुकको अर्थतन्त्र सुधारका लागि कस्ता आर्थिक एजेण्डा सार्वजनिक गरेका छन् र दुई पार्टीका आर्थिक एजेण्डामा के फरक छ भन्ने विषय अहिले सबैको चासोको विषय बनेको छ ।

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । काँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्युनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ भने उता नेकपा एमालेले विश्वको उदयमान अर्थतन्त्र बनाउँदै शुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धि गरी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अंकमा पु¥याउने घोषणा गरेको छ ।

एमालले अर्थतन्त्रको आकार काँग्रेसको भन्दा ५० खर्ब बढी पु¥याउने घोषणा गर्दा नेपाली काँग्रेसले भने आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्ब पु¥याउने लक्ष्य समेटेको छ । यता नेपाली काँग्रेसले पाँच वर्षको अवधिमा नेपालीहरुको प्रतिव्यक्ति आय १ लाख ५० हजार पु¥याउने घोषणा गरेको छ । अबको दश वर्षमा विप्रेषणको आकारलाई १०–१२ प्रतिशत बिन्दुले घटाउने लक्ष्य काँग्रेसले लिएको छ ।

काँग्रेसले स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सृजना गर्ने उद्योगमैत्री वातावरण बनाउने उद्देश्य लिएको छ ।यता नेकपा एमालले मर्यादित श्रम सुरक्षित रोजगारी नारा घोषणा गरेको छ । एमालले श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवम असल औद्योगिक श्रम नीति बनाउने संकल्प गरेको छ । त्यस्तै, तिब्र गतिको विकाससँगै उत्पादन, उद्योग र सेवा क्षेत्रमा अधिकाधिक रोजगारीका अवसरहरू सिर्जना गरिने,श्रमिकहरूको क्षमता विकासका लागि सीपमुलक तालिम र प्रशिक्षणहरू सञ्चालन गरिनेछ ।

कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि र भौतिक पूर्वाधारलाई रोजगारीको प्रमुख क्षेत्रका रूपमा विकास गरिने उल्लेख गरेको छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिने पनि घोषणापत्रमा भनिएको छ ।

औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने र श्रमिकहरूको न्युनतम ज्याला मासिक २५ हजार पु¥याउने घोषणापत्रमा लेखिएको छ । श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरी न्युनतम ६ महिनाको रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरूको व्यवस्थित अभिलेख राखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने घोषणा पनि एमालले गरेको छ । काँग्रेसले उच्च लागतका कारण आयातित कच्चा तथा अर्ध–प्रशोधित पदार्थमा आधारित औद्योगीकरणबाट लाभ लिनसक्ने आधार कम रहेको पनि घोषणा पत्रमा औंल्याएको छ ।

जमिनको मूल्य र ज्याला उच्च, कमजोर जनशक्ति, नीतिगत अनिश्चितता जस्ता विविध कारणले स्वदेशी र विदेशी लगानी निरुत्साहित भएको पनि काँग्रेसको ठहर छ । वस्तु निर्यातबाट भन्दा पनि अनलाइन करारमा आधारित सफ्टवेरमार्फत श्रम बिक्री गरेर नेपालले अधिक विदेशी मुद्रा आर्जन गर्न सकिने घोषणापत्रमा उल्लेख छ ।