Breaking

ललितपुर ३ स्मन्त्री पम्फा भूसाल,व्यापारी खड्का र तोसिमाबीच मुख्य प्रतिष्पर्धा, जितका लागि पैसाको चलखेल


काठमाडौँ — ललितपुर क्षेत्र नम्बर ३ बहालवाला मन्त्रीदेखि,विभिन्न पेशा व्यवसायमा आफूलाई प्रमाणित गरिसकेका उम्मेद्वारबीच प्रतिष्पर्धा हुने देखिएको छ । मन्त्री, उद्योगपति र कर्मचारीबीचको यो भिडन्तले ललितपुर ३ को चुनावी माहोल रोचक बनेको छ । गत २०७४ को निर्वाचनमा पम्फा भुसालका निकटतम् प्रतिद्वन्द्वी थिए कांग्रेका मदनबहादुर आमात्य । जम्मा १७ सय ७ मतले पराजित भएका अमात्य हारको बदला लिने भन्दै यसपटक पनि चुनावी मौदानमा उत्रिन चाहन्थे ।

त्यस्तै कांग्रेसकै अर्का युवा नेता जितजंग बस्नेत पनि यस पटकको उम्मेद्वारका आकांक्षी नै थिए । तर, समय यसरी बदलियो कि आफ्नै प्रतिष्पर्धीलाई चुनाव जिताउनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो । यतिबेला उनीहरुकै काधमा शेरबहादुर देउवाले पम्फालाई जसरी पनि जिताईदिनु पर्ने जिम्मेवारी थमाइदिएका छन् । ललितपुर ३ गठबन्धनको तर्फबाट माओवादी केन्द्रको भागमा परेपछि उनीहरुलाई चाहेर पनि पम्फा नजिताई सुखै छैन ।

नेकपा माओवादी केन्द्रकी नेतृ तथा वाहलवाला उर्जामन्त्री पम्फा भुसाल भने ललितपुर ३ बाट ह्याट्रिक गर्ने दाउँमा छिन् । २०६४ मा एमालेका रघुजी पन्तलाई पराजित गरेर पहिलो पटक संसद् छिरेकी भुसाल ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार पार्न भन्दै तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी छन् । २०७० को संविधानसभा निर्वाचनमा वैद्य नेतृत्वको माओवादीमा संलग्न भएर चुनाव बहिष्कार गरेकी भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा भएकी पहिलो महिला उम्मेदवार हुन् ।

सडक सडक डुलेर नमस्कार गरेर हात जोड्दै हिड्ने परम्परागत शैली भन्दा फरक शैलीमा चुनावी प्रचारमा लागेको बताउने नेकपा एमालेका उम्मेदवार अमृत खड्का पहिलो पटक यसै क्षेत्रबाट प्रतिनिधिसभाको ढोका खोल्न चाहन्छन् । २०५४ देखि वडा अध्यक्ष हुँदै निरन्तर राजनीति गरिरहेका व्यवसायी खड्काले प्रतिनिधिसभाको भवनलाई नजिकबाट नियाल्न इच्छा राखेका छन् । सामान्य घरानमा जन्मेर कृषी हुँदै उद्योगपति बनेका खड्का राजनीतिबाट अनैतीक पैसा कमाएर सर्वाहारमा गनिनेहरुलाई जनताले पाखा लगाउने मा विश्वस्त छन् ।

राष्ट्रिय स्वतन्त पार्टीका सभापति रवी लामिछानेको भन्दा बढी चर्चा अहिले उनकै पार्टीका उम्मेदवार डा.तोसिमा कार्कीको छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभ लिएको भन्दै उनको उम्मेदवारी अयोग्य गर्ने निर्वाचन आयोगको निर्णयले चर्चाको शिखरमा पुगेकी उनी स्वतन्त्र पार्टीबाट ललितपुर ३ को प्रतिनिधि गर्दै छिन् । हाल भईरहेका दलहरुको विकल्प भन्दै अगाडी आएकी डा.तोसिमा आफ्नो पक्षमा माहोल भएको र जित सुनिश्चित भईसकेको दाबी गर्छिन ।

स्वतन्त्र र दलका गरी २० जनाको उम्मेदवारी परेको यो क्षेत्रमा महानगरपालिकाका २० र गोदावरी नगरपालिकाका १२ र १४ गरी जम्मा २२ वटा वडा पर्छन् ।स्थानीय निर्वाचनमा कांग्रेसका २० हजार मत दावी गरेका कारण अब गठबन्धन एकतावद्ध भयो भने पम्फालाई जित्नका लागि कठिन छैन ।

माओवादीको संगठगन आफैमा बलियो भएकोले ललितपुर ३ मा कांग्रेसको पनि मत पाउँदा पम्फालाई जित्न त्यति कठिन छैन । तर, अहिले दलहरु प्रति बढ्दै गएको वितृष्णा र युवा उम्मेदवारको चर्चाले ठूला भनिएका उम्मेदवारलाई धक्का नलाग्न भन्न सकिँदैन ।