Breaking

डडेल्धुरा पुगे प्रधानमन्त्री देउवा


काठमाडौँ — मंसिर ४ मा हुने चुनावका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । देउवा चुनावी प्रचारप्रसारका लागि आयोजित आमसभालाई सम्बोधन गर्न आज डडेल्धुरा पुगेका हुन् । उनी बुधबार काठमाडौंबाट धनगढी गएका थिए । प्रधानमन्त्री देउवाले कात्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न पालिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्दा उनलाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि फूलमाला लिएर बसेका थिए । देउवाले चुनावी घरदैलो भने नगर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने चुनावी सभा हेर्न सत्ता गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरू भेला भएका छन् । देउवाले आज अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।