देश

काठमाडौं उपत्यकाको मतपत्र छाप्न बाँकी


काठमाडौँ— मंसिर ४ मा हुने चुनावका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।निर्वाचन आयोगका अनुसार अब काठमाडौँ, ललितपुर, भक्तपुर र बाराको मतपत्र छपाइ हुन बाँकी छ ।

प्रत्यक्षतर्फको ३ करोड ४० लाख मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पैडेलले बताए । प्रत्यक्षतर्फ ४ करोड मतपत्र छाप्नुपर्नेमा अब ६० लाख मतपत्र छपाइ हुन बाँकी रहेको उनले बताए । समानुपातिकतर्फको ४ करोड मतपत्र यसअघि नै छपाइ सकेर जिल्ला जिल्लामा पठाइएको उनले बताए । प्रत्यक्षतर्फको मतपत्र २० कार्तिकसम्म छपाइ सकेर २५ गतेभित्र जिल्लामा पठाइसकिने प्रवक्ता पौडेलले बताए ।

यसपटक आयोगले सबै गरेर ८ करोड मतपत्र छपाइ गर्न लागेको हो ।