Breaking

ओली आज धनगढी जाँदै, भोलि दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी जाँदैछन् । चुनावी देश दौडाहाको सुरुवात गर्न ओली सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमले जानकारी दिए । ओली बिहीबार साँझ धनगढी पुग्ने छन् । ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको जनाएको छ । एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ ।

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ ९दार्चुला० बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए । अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रूपमा उठाउने पनि उनले बताए ।

दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यस्तै भोलि नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्नेछन् ।