Breaking

भारतीय बस गैंडाकोटमा दुर्घटना हुँदा २२ जना घाइते


काठमाडौँ — नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।