Breaking

सन्दीपका ३ वकिलले आज बहस गर्दै


काठमाडौँ – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले आज पनि बहस गर्दैछन् । बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ ।

बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीनजना कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुधबार जिल्ला अदालत काठमाडौँमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए ।

सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् । अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्म मिति कायम भएमा उनको उमेर १९ वर्ष हुन्छ ।