Breaking

बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा


काठमाडौँ – बैतडीको दशरथचन्द नगरपालिकाले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । दशरथचन्द-८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए ।

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्छ । यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । यसअघि बुधबार पाटन नगरपालिका-२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्छ ।