Breaking

भृकुटीमण्डपमा लाग्यो उम्मेदवारको मेला, शीर्षको शुन्य उपस्थिति, स्वतन्त्रको भीड


काठमाडौँ — अबको १८ दिनमा संसदीयनिर्वाचनहुँदैछ । चुनावको मितिनजिकिँदै जाँदाउम्मेदवारहरु चुनावलक्षितगतिविधिमाभ्याईनभ्याई छन । चुनावप्रचारका लागिमतदाताको घर घर पुग्नुपर्नेउम्मेदवारहरुबुधबार भने भृकुटिमण्डपमा भेलाभए । किनभृकुटिमण्डपमा केन्द्रितभए त उम्मेदवारहरु ? हरेक समय कुनै न कुनै व्यापारिक मेलामहोत्सवचलिरहने भृकुटिमण्डपमा बुधवार भने फरक खालको मेलालाग्यो ।

मेलाको नामथियोउम्मेदवार मेला । चौरभरी सेतोटेन्टले बनेको स्टलहरु,स्टललैपिच्छे फरक–फरक उम्मेदवारका व्यानर अनिस्टलभित्र संसदीयनिर्वाचनकाउम्मेदवारहरु मतदाता र मिडियासँग कुरा गर्न भ्याईनभ्याई देखिन्थे । मञ्चबाट समेतपालैपालो उम्मेदवारहरु आफ्नो उम्मेदवारी र चुनावीएजेन्डावारे भाषण गर्न व्यस्तथिए । मंसिर चार गते हुने संघीय निर्वाचनमाउम्मेदवार हुने सबै राजनीतिकदल र स्वतन्त्रउम्मेदवारहरूको सहभागिताहुने अपेक्षागरिएको मेलामाभने वैकल्पिकभनिएकाशतिmहरुको मात्रबाक्लो उपस्थितिथियो ।

संसदीयनिर्वाचनको मितिनजिकिएसँगै चुनावमाहोमिएकाउम्मेदवारहरु मतदाता समक्षपुग्न,मतदाताको मन जित्दै मतप्राप्तगर्ने अनेक रणनीति प्रयोग गरिरहेका छन । ठुला राजनीतिकदल र दलकाउम्मेदवारहरु ठुला भेला र गोप्य वैकठमा व्यस्तहुँदा स्वतन्त्र र साना राजनीतिकदलकाउम्मेदवारहरुले भने यहिमञ्चलाई भरपुर रुपमाप्रयोग गरेका छन । मेलामाप्रत्यक्ष रुपमामतदातासँग सवालजवाफहुनपाएको उनीहरु सन्तुष्ट देखिन्थे ।

मतदातासँगप्रत्यक्ष कुराकानीगर्नेमात्रनभई उम्मेदवारहरुबीचपनि एक–अर्कासँग चिनजान,भलाकुसारी गर्ने,भातृत्व साटासाट गर्ने अवसर मिलेको कतिपयको बुझाई छ । मेलामामतदाताहरुको उपस्थितिन्यूनभएपनिउपस्थितमतदाताले आफ्नो क्षेत्रको उम्मेदवारवारे जान्ने मौका पाएको प्रतिक्रियादिए । उम्मेदवारलाई प्रत्यक्ष रुपमाजान्ने मौका पाएको उनीहरुको प्रतिक्रिया छ ।

अन्यत्र यस्तो प्रचलनभएपनि नेपालकालागि यो नयाँअभ्यास हो । फलतः मेलामापाका र पुराना पुस्ताका नेतावाउम्मेदवार भन्दानयाँँ पुस्ताकै उम्मेदवाहरुधेरै सहभागीथिए । मतदातासँगप्रत्यक्षअन्तरक्रियागर्ने मौका भएपनिशीर्ष राजनीतिकदल र हेभि वेट भएकाउम्मेदवारभने सहभागीभएनन् ।