Breaking

गाली गरेर जित्ने दाउमा नेताहरु, ओली माथि खनिदै सत्ता घटक दल,ओलीका प्रत्युत्तर पनि उस्तै


काठमाडौँ — चुनाव होमिएका अधिंकाश दलहरु उम्मेदवारहरु चिल्ला भाषण र आश्वासनले भरिएकोघोषणापत्र सहित मतदातासम्म पुगिरहेका छन । दलहरुघोषणापत्रमा मात्र नभई मैदानमा पनि गाली गलौचमैउत्रिरहेका छन । अर्थात आफ्ना एजेण्डालाई बुझाउन भन्दा विपक्षीलाई गाली गर्नमै उनीहरु व्यस्त देखिएका हुन । मंगलबार पाँचतारे होटलमा भव्य कार्यक्रमका वीच घोषणापत्र सार्वजनिक गरेको नेकपा एमालेले निकै मिठा र जनजिव्रोमा झुण्डिने नारा सहितका एजेण्डा अघि सारेको छ ।

अवका दिनमा एमालेका उम्मेद्वारहरु त्यहि एजेण्डा लिएर मतदाताको घरमा पुग्नुपर्ने हो । तर घोषणापत्र सार्वजनिक भएको दोश्रो दिनमै अध्यक्ष केपी शर्मा ओली गालीमै व्यस्त बन्न थालेका छन । आफूमाथि लागेकोसंविधान विरोधी ट्याग हटाउन राष्ट्रभक्त शक्ती आफू भएको प्रमाणित गर्न लागेका उनी त्यो एजेण्डाबाट नभई गालीबाट प्रमाणित गर्ने दाउमा छन ।

यसैको निरन्तरता उनले अहिलेको सरकार परमादेशबाट निर्माण भएको बताउँदै प्रतिगामीहरुले नै अहिले एमालेलाई प्रतिगामीको भएको आरोप लगाएको बताए। निर्वाचनपश्चात पनि एमालेबाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका ओलीले एमालेबाहेक अर्को शक्तिमा आयो भने देश दुर्भाग्यतिर जाने टिप्पणी गरे।

अझै अघि सरेर रेल र पानीजहाजको विरोध गर्नेहरुले आफ्नो चुनावी घोषणापत्र तिनै कुरा समेटेर ल्याएको बताएका उनले एमालेको सरकारले रेलको कुरा गर्दा हाँसीमजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेलकै फोटो टाँसेको बताए । आगामी कार्यदिशा र एजेन्डा सुनाउन ल्याएको चुनावी घोषणापत्रको अन्य दलले झै सुरुवाती पाना नै ’गालीबाट सुरुवात गरेको एमालेले निर्वाचनपछि प्राप्त हुन नसकेको उपलब्धीको दोष अरुमा लगाउन व्यस्त छ ।

सत्ता गठबन्धन कहिलेसम्म,अवको नेतृत्व कस्को र साझा एजेण्डा के भन्नेमा प्रष्ट हुन नसकका सत्ता घटक दलहरुको पनि हालत उस्तै छ ।निर्वाचनमा गठबन्धन र तालमेल गरे पनि एक्लाएक्लै घोषणापत्र जारी गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एमालेमाथि दोष थोपर्नमा व्यस्त छन । पाचै बर्ष सत्तामा रहेर पनि केहि काम गर्न नसकेको माओवादी ओलीकै कारण व्यवस्था र संविधान रक्षामा आफूलाई केन्द्रीत गर्न परेको भाष्य निर्माण गरिरहेको छ ।

दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेको एमालेले वर्तमान सत्ता गठबन्धनले लोकतन्त्रको धज्जी उडाएको भन्न भ्याएको छ भने कांग्रेसले ओलीमाथि आरोपको वर्षा गरेको छ। जनआन्दोलनबाट प्राप्त उपलब्धी रक्षा र देशलाई दुर्घटनाबाट बचाउन र संविधान, समावेशी, लोकतन्त्र, राष्ट्र र गणतन्त्र रक्षाको निम्तिगठबन्धन गरिएको दावी गर्ने उनीहरु पनि आफूले नजिते देश बर्बाद हुने बताईरहेका छन ।नेकपा एकीकृत समाजवादीकाले ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताँउदै गर्दा अन्य दल पनि एमालेलाई नै दोषी करार गर्न व्यस्त छन

निर्वाचन विचार र सिद्धान्त प्रतिस्पर्धा हो भने आम मतदाताले पनि उनीहरुको एजेण्डा हेरेर मतदान गर्नुपर्ने हो । वहस पनि दलका निति र कार्यदिशाबारे हुनुपर्ने हो । तर पुरा नहुने चिल्ला आश्वासनले भरिएका दलका घोषणापत्र विश्वास गर्न सक्ने अवस्थामा मतदाता छैनन् । यहि बुझेका नेताहरु पनि एजेण्डा भन्दा मिडिया खपत हुने र चर्चा हुने आक्रमक भाषणमै आफूलाई केन्द्रीत गरिरहेका छन ।जवकि उनीहरुको कर्तुत तराजुमा जोख्ने हो भने कोहि पनि घटिबढि छैनन् । फलत गाली गरेर जित्ने उनीहरुको यो शैली देशमा अराजकत फैलाउने र घृणाको वातावरण सिर्जना गर्ने बाहेक अरु प्रतिफल दिने सम्भावना पनि छैन ।