Breaking

संसारलाई गोरखाबाट माओवादी देखाइदिने सङ्कल्प सबैले लिनुपर्‍यो: प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट संसारले देख्ने गरी माओवादीले चुनाव जित्नुपर्ने बताएका छन् । आज गोरखा काठमाडौं सम्पर्क समितिले बनस्थलीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले गोरखाबाट संसारमा माओवादी देखिनुपर्ने बताए । माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट,’ उनले भने, ‘गोरखाबाट संसारमा माओवादी देखियोस् ।

अरू ठाउँमा कति जित्छ तपाईंहरू चिन्ता नलिनुस् मैले लिएको छु । म सातै प्रदेशमा गएको छु । संसारलाई गोरखाबाट माओवादी देखाइदिने सङ्कल्प सबैले लिनुपर्‍यो । प्रचण्डले रेकर्डसहित गोरखाबाट चुनाव जित्नुपर्ने बताए। प्रचण्ड गोरखा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन् । उनले मतदाताको सुरक्षासमेत गर्नुपर्ने बताए । प्रचण्ड गोरखा आउनु भनेको अवसर मात्र होइन बडो झमेला पनि हो, उनले भने,