राजनीति

बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् ।

परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बाराको समृद्धिका लागि आफूले नेतृत्व लिने बताएका हुन् । वाम लोकतान्त्रिक गठबन्धनबाट बारा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजना आफूले अघि बढाउने प्रतिवद्धता जनाए ।

करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्‍याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना रहेको उनले सुनाए । त्यस अवसरमा एमाले नेता रामेश्वर पटेल नेतृत्वमा ३ सयजना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका बताइएको छ ।