Breaking

त्रिपुरेश्वरको महादेव मन्दिर पुगे केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

‘किरण पौडेलले काठमाडौँका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर आउनु भएको हो,’ पौडेल निकट एक कार्यकर्ताले भने । यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी भएका थिए ।