Breaking

एमालेको घोषणापत्रमा नारै नारा, यी घोषणा पूरा होलान् ?


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । अन्य दलहरुको घोषणापत्र नियालेर अन्तिममा आएको एमालेको घोषणापत्रमा के–के समेटिएका छन् त ? सबै प्रमुख राजनीतिक दलहरुको घोषणा पत्र नियालेको प्रतिपक्ष दल नेकपा एमालेले मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । सपना बाड्न निकै सिपालु एमाले अध्यक्ष ओलीले यसपटकको निर्वाचनका लागि पनि कुनै कसर बाँकी राखेका छैनन् ।

पुस्तक प्रकाशन गरेर परम्परागत घोषणापत्र सार्वजनिक गर्ने शैलीलाई तोड्दै एमालेले डिजिटल प्रविधिमार्फत घोषणापत्र सार्वजनिक गरेर नवीनता पस्कने काम गयो । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । जसमा एमालेले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । यस्तै घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको छ ।

एमालेको घोषणापत्रको मुलमन्त्र ‘वलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ रहेको छ । जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । त्यस्तै नागरिक प्रशासनलाई सक्षम बनाउने, सबै नागरिकलाई एक महिनाभित्र बंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता समस्या समाधान गरिने उल्लेख छ । त्यस्तै समृद्धिको अभियानमा बाधक रहेका नीतिहरू सुधार गर्ने जनाएको छ ।

असक्षम संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने, नागरिक प्रशासनलाई सक्षम र जनताप्रति उत्तरदायी बनाउने परिचयपत्रको व्यवस्था गनमहिलालाई सेनेटरी प्याड खरिद गर्न वर्षमा १५ सय उपलब्ध गराउने उल्लेख गरेको छ । त्यस्तै ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । त्यस्तै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक न्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।

घोषणापत्रमा २० वटा विषयमा ’ग्यारेन्टी’ गरेको एमालेले नेपालको अर्थतन्त्र १ सय खर्ब पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी निःशुल्क बाँड्नेदेखि ५० युनिट बिजुली निःशुल्क बाँड्ने पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । अघिल्लो निर्वाचनमा समेत प्राथमिकता दिएको ९६ पृष्ठ लामो घोषणापत्रमा एमालेले नेपालको झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहो¥याएको छ । यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुन्द्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

त्यस्तै, एमालेले सहरी विकास तथा एकीकृत वस्ती र सुरक्षित आवासका सन्दर्भमा आफ्नो नीति सार्वजनिक गरेको छ। जसमा सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा आवासको ग्यारेन्टी गरिने उल्लेख गरिएको छ । कुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवका अवस्थामा रहन नपर्ने ग्यारेन्टी एमालेले गरेको छ ।

घोषणापत्र कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । उनले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताएका हुन् । निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको ओलीको भनाइ थियो ।

एमाले देश विकास गर्ने पार्टी भएको र घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ । उनले देश किास गर्न आगामी निर्वाचनमा एमालेलाई बहुमत चाहिएको बताए । राजनीतिक दलहरुले मतदाता लोभ्याउने खालका घोषणापत्र सार्वजनिक गरे पनि यसको हुबहु कार्यन्वयन हुनेमा भने आशंका गर्ने थुप्रै ठाउँहरु रहेका छन् ।