Breaking

सोलुखुम्बुमा एमाले र गठबन्धनबीच रोचक भीडन्त,को कति शक्तिशाली ? कसले मार्ला बाजी ?


काठमाडौँ — संसदीयनिर्वाचनको मिति घर्किँदै जाँदामुलुकचुनावमयभएको छ । के गाउँ के शहर सर्वत्र चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।प्रायपर्यटकिय गतिविधिकाकारण मात्रचर्चामा रहने हिमालीजिल्ला सोलुखुम्बुसत्तागठबन्धन र प्रतिपक्षएमालेबीचको प्रतिस्पर्धाका कारणसिंगो देशको ध्यानाकर्षण गर्न सफलभएको छ । २०७४ को निर्वाचनमै योआफ्नो अन्तिमचुनावीप्रतिष्पर्धा भएको घोषणा गर्न भ्याएकाकांग्रेस सोलुखुम्बुकानेताबलबहादुर के.सी, सातौ पटक चुनावी मैदानमाउत्रिएका छन ।

यो पटकपनिअन्तिम पटक चुनाव लड्नेभन्दै उनले टिकट हत्याएरै छाडे ।तीन–तीन पटक मन्त्री नै बनिसकेका उनी यो पटक जसरी पनि संसद छिर्ने कसरतमा देखिन्छ । गठबन्धनका कारण पार्टीले प्रत्यक्षउम्मेदवारमा नअटाएपछि के.सीले पार्टी भित्रविद्रोह गर्दै माओवादीलाई मनाएर ठुलै रस्साकस्सीकाबीचगठबन्धनबाट टिकट आफ्नो हातपार्न सफल बने ।

गतनिर्वाचनमा कम्युनिष्ट शतिm एक भएर पराजित वेहोरेका उनी यो पटक गठबन्धनकै भरोषामाचुनावजित्ने आशामा छन । आफु सोलुकोविकास बहादुर भएको भन्दैउनीचुनावीप्रचारमा छन । गतनिर्वाचनमा पराजित बनेका उनीआफ्नाप्रतिस्पर्धिको खेदो खन्दै यसपटक विजयीबन्ने लक्ष्यमा छन् ।

स्थानीयतहको लेखाजोखागर्दा सोलुखम्बुमाकांग्रेसको उपस्थिति राम्रो छ । आठ वटा स्थानीयतहरहेको सोलुमा एक नगरपालिका सहित५ वटा स्थानीयतहमाकांग्रेसले जितेका छन । एमालेको २ वटा,माओवादीको एउटा स्थानीय सरकार छ । तर पार्टीभित्रको गुटगत प्रभाव,स्थानीयतहचुनावको मुखैमा फुट वेहोरेको कांग्रेसलाई आमनिर्वाचनआफ्नो पक्षमापार्न त्यति सहजभने छैन । जनयुद्धकोपक्षपाति र कट्टर विरोधी पार्टीवीचको सहकार्यले मतआदानप्रदानहुनेमाशंकागर्नेहरु पनिप्रशस्तै छन् ।

यहिबलमाप्रमुखप्रतिपक्ष नेकपाएमाले बल बहादुरको विरासतभत्काउने रणनीतिमा छ । पहिलो पटक संसद छिर्ने आशा सहितएमालेबाट उम्मेदवार बनेका मानवीर राईलाई पार्टी मात्रनभई बाहुल्यतारहेको राई जातिको जातियमतको ठुलो आशा छ । सोलुखुम्बुको विकास र निराशालाई आशामा परिणत गर्न भएपनिआफु जित्नुको विकल्पनभएको प्रतिपक्षएमालेको दावी छ ।

एक मात्रनिर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा सत्ता गठबन्धन एक भएभएपनिविपक्षी गठबन्धन एमाले र जसपाको छुट्टाछुट्टै उम्मेदवार छन । एमालेबाट मानवीर राई र जसपाबाट ल्हाक्पा शेर्पा चुनावीप्रतिस्पर्धामा छन । प्रदेशमाएमालेले गतनिर्वाचनमाजीतहाँसिल गरेका प्रदेश (क) का उत्तमकुमार बस्नेत , (ख)काउम्मेदवार बुद्धिकुमार राजभण्डारीलाई उम्मेदवार बनाएको छ । गठबन्धनले प्रदेशमामाओवादी केन्द्रबाट गम्बु शेर्पा र शिवबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

गतनिर्वाचनमा कम्युनिष्ट शतिm एक हुँदाप्रदेश कब्जागर्न सफलएमाले यो पटक गठबन्धनका लागिभारी पर्ने योजनामा छ । प्रतिनिधिसभातर्फ उदाउँदा नेताहरुले कांग्रेसको जनमत र पाका नेता बल बहादुर के.सीको विरासतभत्काउनसक्ला?दुबै पक्षको तयारी हेर्दा यो विषयनिवाचन अघि ठोकुवागर्न सक्ने अवस्था छैन ।