Breaking

डा. तोसिमा कार्कीको उम्मेदवारी रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ — डा. तोसिमा कार्कीको उम्मेदपारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वन नगर्न अन्तरिम सर्वोच्च अदालतले आदेश दिएको छ । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार आयोगले लाभको पद लिएको भन्दै खारेज गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकाले आयोगले उम्मेदवारी खारेज गरेको थियो ।