Breaking

श्रमिकको न्यूनतम तलब २५ हजार पुर्‍याउने नेकपा एमालेको घोषणा


काठमाडौँ — नेकपा (एमाले)ले श्रमिकहरूको घोषणा पत्रमा न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा यस्तो उल्लेख छ ।

औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिने पनि घोषणा पत्रमा भनिएको छ । औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्। श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ,’ घोषणा पत्रमा लेखिएको छ ।