Breaking

एमालेको घोषणा पत्र: महिलाहरूलाई स्यानेटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने


काठमाडौँ — नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने उसको प्रतिवद्धता छ । ती ग्यारेन्टीमध्ये १७ नम्बरमा स्वस्थ महिनावारी १५ सय वर्षभरि भन्ने कार्यक्रम उल्लेख छ । एमालेले महिलाहरूलाई स्यानेटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरेको हो ।