काठमाडौँ — नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।
पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका कारण हाल समग्रमा निगम नाफामै छ । आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार ९१ बजे० डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ । तेल उत्पादक तथा वितरकहरुको संगठन ुओपेक प्लसुले नोभेम्बर महिनादेखि उत्पादन कटौती गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया