Breaking

सोलुखुम्बूको विकास र समृद्धिका लागि मेरो जित जरुरी छ : मानवीर राई (भिडियोसहित)


कठमाडौँ – संसदीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरु चुनाव लक्षित गतिविधिमा सक्रिय हुन थालेका छन । दलका भातृसंगठनहरुले समेत चुनाव केन्द्रित बन्न थालेका छन । यो मामिला प्रमुख प्रतिपक्ष नेकपा एमाले थप आक्रमक छ ।

२०७४ को निर्वाचनमा कम्युनिस्ट शक्ति एक भएर सोलुखुम्बुमा काँग्रेसको विरासत ढाल्न सफल नेकपा एमाले यो पटक एक्लै सत्ता गठबन्धनमाथि हाबी हुने तयारीमा छ ।

राष्ट्रिय राजनीतिमा राम्रो दख्खल राख्ने गठबन्धनका उम्मेदवार बल बहादुर केसीको विरासत अन्त्य गर्दै एमालेको झण्डा फहराउने लक्ष्य सहित एमाले अगाडि बढेको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राईले सोलुखुम्बुको विकास र समृद्धिका लागि मात्र नभई सोलुखुम्बुमा नयाँ राजनीतिक अध्यायको सुरुवातका लागि पनि यो पटक एमालेको विकल्प नरहेको दावी गरेका छन । कांग्रेसको गढ मानिने सोलुखुम्बुमा उसको विरासत भत्काउदै जित हासिल गर्न एमाले कत्तिको सफल होला ? यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रममा सोलुखुम्बुको प्रतिनिधिसभा उम्मेदवार मानवीर राईसँग गरिएको कुराकानी :

हिमाली जिल्ला सोलुखुम्बुमा एक मात्र निर्वाचन क्षेत्र छ । प्रदेशसभा र प्रतिनिधिसभामा अन्य निर्वाचन क्षेत्रमा जस्तै यहाँ पनि सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । उम्मेदवारहरु आ आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन । एमालेले प्रदेशसभामा यसअघिकै उम्मेदवारलाई दोहो¥याएको छ भने केन्द्रीय सदस्य राईपहिलो पटा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । जिल्लामा मात्र नभई काठमाडौँमा रहेका मतदातासँग संगठनात्मक रुपमै भोट अपिल गरिरहेका छन ।