समाचार

माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ — सिरहाको धनगढीमाई नगरपालिका-७ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एक युवती घाइते भएकी छिन् ।

दुर्घटनामा गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएको मण्डलको उपचारका क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो ।

घाइते सोही मोटरसाइकलमा सवार १८ वर्षीया पर्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ । प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको माइक्रो बसले गएराति ठक्कर दिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।