Breaking

यस्ता छन दलका देश विकास गर्ने सपना, कुन दलका एजेण्डा के ? (भिडियोसहित)


काठमाडौँ – यति बेला राजनीतिकदलहरु पाँच वर्षे मौसमी खेती सपार्न अनेकन शव्दाबलीले भनेर घोषणा पत्र सार्वजनिक गर्ने चटारोमा छन् ।

सम्भवत यी नीहरुले घोषणा पत्रमा लेखेको बुँदा अक्षरस पालना गर्ने हो भने यो देशमा कायापलट भइसक्नु पर्ने हो । पाँचवर्ष पछि फेरि खेती सपार्न यति बेला फुलबुट्टा भरेर धमाधम घोषणा पत्र सार्वजनिक भइरहेको छ् । राजनीतिक दलको घोषणापत्र फगत जनतालाई झुक्याउने एउटा गतिलो अस्त्र बनेको छ । त्यही भएर पनि होला आज बोली लाज छोप्न पनि दलहरुले घोषणा पत्रलाई संकल्प पत्र भन्न थालेका छन् । समता मूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुने विषय उल्लेख गरी नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । तर काँग्रेको घोषणा पत्र पनि चुनावमा लोक प्रियताका लागि जनता भुल्या उने मेलोको रुपमा बुझिएको छ । पटक पटक राज्य सत्ता र चुनाबी सरकारको नेतृत्व गरेको काँग्रेस पनि जनता भुल्याउन सिपालु देखिएको छ । त्यही भएर पनि यस पटक काँग्रेसले झन्ट सुन्दा राम्रो तर कार्वान्वयन पक्ष जटिल देखिने खालका केही बुँद्धा समेटेर घोषणा पत्र सार्वजनिक गरेको छ । काँग्रेसले पाँचवर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सातप्रतिशतको आर्थिक वृद्धिदर कायमगर्ने प्रतिबद्धता जनाएको छ ।