काठमाडौँ – सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिटविरुद्ध मंगलबार सुनुवाइ हुँदैछ ।
‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा संविधानको धारा १७ र १९ को वैयक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्थाविपरीत आयोगले अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गरेकी हुन् ।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उनको उमेदवारी खारेज गरेको थियो । आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।
प्रतिक्रिया