Breaking

एमालेले आज सार्वजनिक गर्दै चुनावी घोषणापत्र

ओलीले ‘लाइभ डिबेट’ गर्ने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (मङ्गलबार) प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो घोषणापत्र सार्वजनिक गरिनेछ ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम छ ।

एमालले ‘समृद्ध नेपाल : सुखी नेपाली’ को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव सङ्कलन गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।