Breaking

माओवादीको भन्छ मल दिन्छौ, राप्रपाको राजा–एकीकृत समाजवादीको पानीजहाज, पूरा होला त आशा ?


काठमाडौँ — नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को लागि घोषणापत्र सार्वजनिक गरेका छन । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि आत्मनिर्भर अर्थतन्त्र निर्माणको प्रतिवद्धतासम्म दलहरुले जाहेर गरेका छन । के के विषय समेटिएका छन त उनीहरुका घोषणापत्रमा ? सोमवार तीन राजनीतिक पार्टी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भरअर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

तीन वटै पार्टीले आर्थिकऐजेण्डामा कृषि,रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणागरेका छन् । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको घोषणापत्रमार्फत वित्तिय संघियता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशलाई आत्मनिर्भरअर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणापत्र पढ्दैअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताएका छन ।

नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने बताएका प्रचण्डले नेपालको अर्थ प्रणाली सामान्य तरिकाले परिर्वतन हुन सम्भव नभएकोबताए । अध्यक्ष प्रचण्डले वैदेशिक सैन्य गठबन्धन नगर्ने,दुई अंकको आर्थिक वृद्धिगर्ने,कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने,कृषि योग्य जमिन बाँझो राख्नेप्रणालीको अन्त्य गर्ने,सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्नेघोषणा गरे ।

त्यस्तै, किसानलाई बाली लगाउनु भन्दा अगाडि मलउपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका उनले रासायनियक मलको प्रयोग कम गर्न जैविक र प्राङगारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए । कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुई वटाऔधोगिक केन्द्र स्थापना गर्ने, हरेक पालिकामा एकऔद्योगिक ग्राम निर्माण गर्ने,वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी रउद्योग खोल्न छुटको व्यवस्था गर्ने उल्लेख गरे

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर फिर्ता गर्नेघोषणा गरेको छ । त्यस्तै,नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहलगर्ने,अन्तर्राष्ट्रिय विमानस्थललाई बिस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रियविमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिकविमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी बिस्तार तथाआधुनिकीकरण गर्न पहल गरिने बताईएको छ ।

वाह्य र आन्तरिक पर्यटन रमागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइने घोषणा गरिएको छ भने ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्रउपलब्ध गराउने योजना अघि सारिएको छ । मुलुकमा उत्पादनमूलक,रोजगारीमुलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिकऋण परिचालन गरिने महासचिव डा.वेदुराम भुसालले बताए

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनकाअवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । पार्टीकाअध्यक्ष राजेन्द्र लिबदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पु¥याउने बताए । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाटसुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चापदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरीस्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने विषय पनि राप्रपाले समेटेको छ ।

घोषणापत्रमार्फत राप्रपाले राजसंस्थालाई अभिभावकिय संस्थाको रुपमा राख्नुपर्ने बताएको छ । त्यस्तै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानिय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने राप्रपाको एजेण्डा छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित गरी राजनीतिकदलहरुले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वनिक गर्ने क्रम जारी रहेको छ । सवै दलहरुले वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्रीकानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारितबनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने जस्ता योजनालाई नै समेटेका छन ।