Breaking

काठमाडौं–७ मा कम्युनिष्टबीच नै भिडन्त, मानुषीलार्ई रामवीर र श्यामको चुनौती, बाघ हुँ–श्रेष्ठ


काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये अन्यको तुलनामा क्षेत्र नम्बर ७ को चर्चा कम हुने गरेको छ । चुनावी माहोलले ध्यान तान्न नसकेको आंकलन भईरहँदा यो क्षेत्रमा पुरानादेखि नयाँ पुस्ताका कम्युनिष्ट नेताचुनावी मैदानमा छन् । काठमाडौँ क्षेत्र नम्बर ७ मा यस नयाँ र पूराना कम्युनिष्ट नेताहरुबीच प्रतिष्पर्धा हुँदै छ । नेकमा एमालेबाट राजनीतिक यात्रा सुरु गरेका राजेन्द्र श्रेष्ठ हुँदै श्यामकुमार घिमिरे र माओवादीकी मानुषी यमी भट्टराईबीच कडा भिडन्त हुने देखिन्छ । साथै रामवीर जस्ता परिचित अनुहार पनि स्वतन्त्र रुपमा चुनावी मैदानमा हुँदा रोचक प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

यो क्षेत्रको चुनावी इतिहास हेर्दा कम्युनिष्टको पकड रहेकोे पुष्टि हुन्छ । देश शान्ति प्रकृयामा आइसकेपछि यहाँ १५ वर्षदेखि निरन्तर कम्युनिष्टले नै चुनाव जित्दै आइरहेको छ । ०६४ को निर्वाचनमा माओवादी केन्द्रकी हिसिला यमीले जित हात पार्दा ०७० र ७४ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला मन्त्री बन्ने सिढी बनेको यस क्षेत्रबाट यसपटक पनि उनै भट्टराई खलककै पुत्री मानुषी यमी भट्टराई गठबन्धनको तर्फबाट चुनावी मैदानमा होमिएकी छन् ।

बाबुरामकी छोरि भएकै कारण मानुषीले टिकट पाएकी भन्ने बाहिर चर्चा चलिरहँदा बाबुराम भने प्रचण्डकै निर्वाचन क्षेत्रमा केन्द्रीत भइरहेका छन् । बाबुरामले देखिने गरि छोरिको लविङ गरेको देखिएको छैन । मानुषी आफैमा नेतृत्व हो भन्ने देखाउन सार्वजनिक रुपमा भट्टराई दम्पत्ती हिडेको देखिएका छैनन् । यद्यपि, निर्वाचन आयोगको कार्यविधि अनुसार कार्तिक १८ पछि उनीहरु छोरि जिताउन कसरी लागिपर्छन् भन्ने चाहि हेर्न बाँकी नै छ ।

कांग्रेससँग गठबन्धन हुने भएपछि नै चुनावी तयारीमा लागेका जनता समाजवादी पार्टीका तत्कालिन मन्त्री राजेन्द्र श्रेष्ठलाई यो चुनाव प्रतिष्ठाको विषय बनेको छ । गठबन्धनको आशमा चुनाव जित्ने सुनिश्चित गरेका श्रेष्ठ अहिले एक्लै मैदानमा छन् । रैथाने भएको हिसावले उनलाई नचिन्ने कमै भए पनि पार्टीको संगठन त्यत्ति बलियो नहुँदा उनलाई निर्वाचन जित्न चुनौती छ । यद्यपि उनी आफू बाघ भएको र अन्य दललाई स्यालको संज्ञा दिँदै भोट मागिरहेका छन् ।

२०३६ सालदेखि एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका पुराना कम्युनिष्ट नेता श्याम घिमिरे शैक्षिक पृष्ठभूमिका हुन् । शिक्षक संगठन, किसान संगठन, जिफन्ट हुँदै पार्टीको आन्तरिक राजनीतिमा सक्रिय घिमिरे ग्रामीण मतदाताबीच रुझेको भए पनि बजार क्षेत्रमा उनी परिचित छैनन् । एमालेको पकड क्षेत्र मानिए पनि नयाँ मतदाता बढ्दा भने उनलाई केही चुनौती थपिएको छ ।

एमालेबाट २/२ पटक निर्वाचित भएर राज्यमन्त्रीसम्म भईसकेका रामवीर मानन्धरले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । पटक पटक क्षेत्र ७ का बासिन्दाको मन जितेका उनले पुनः एक पटक जनताको नाडी छाम्न चाहेका हुन् । स्वतन्त्रको मौलाएको आकार्षण, कांग्रेसको छुट्टै आफ्नो उम्मेदवार नभएको र दल भित्रको अन्तद्वन्द्व नै आफ्नो जितको सूत्र भएको मानन्धरको दावी छ ।

मानन्धसँगै१६ जना स्वतन्त्रले उम्मेदवारी दिएको काठमाडौँ ७ मा जम्मा २९ जना संसद्को ढोका खोल्न चाहन्छन् । ६१ हजार भन्दा बढी मतदाता रहेको यो क्षेत्रमा महानगरको १६,१७,१८ र २५ नागार्जुनको १,२,३ र तारकेश्वरको ३,४,५ गरि १० वटा वडा पर्छन् ।काडमाडौँ ७ मा निर्णायक मत कांग्रेसको छ । पूर्णरुपको गठबन्धनको आकार देखिएको त्यहाँ माओवादी, कांग्रेस र एकीकृत समाजवादीका एक एक उम्मेदवार छन् ।

यो भन्दा अघिको चुनावमा पनि राप्रपालाई छोड्देको कांग्रेसले रुखमा भोट हाल्न नपाएको १० वर्ष भईसक्यो । यस्तो अवस्थामा कांग्रेसका कार्यकर्तालाई गठबन्धनले कसरी विश्वस्त पर्लान् । इमान्दार गठबन्धन भए मानुषीले चुनाव जित्ने सम्भावना छ, तर विदोही बन्नसक्ने कांग्रेको भोटले भने उनलाई थप समस्या पर्ने देखिन्छ ।