काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् । होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ ।
लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए । त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गर्दा प्रतिरोध गरेको र ढाडमा जोडले हानेको उनले भनेकी छन् ।
त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेर बिहान पख प्रतिवादीले मलाई पीसीआर परीक्षण गर्न जानुपर्ने भनेका थिए’, उनले भनेकी छन्, ‘मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखेर होस्टल नजिकै लगेर छाडेर गाडी लिइ फरार भएका थिए । यसरी आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ ।
उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको उल्लेख गरेका छन् । लामिछानेसमेतको युजर राखेर मलाई स्न्याप पठाएका रहेछन्, त्यसपछि मैले फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ’, उनले भनेकी छन्, ‘त्यसपछि मैले फ्रेण्ड रिक्वेस्ट पठाउँदा आधा घन्टाभित्र फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् ।’ त्यसपछि अरु साथीहरुलाई जसरी नै अपmुले उनलाई पनि छोटो भिडियो पठाएको उनले भनेकी छन् । त्यसक्रममा स्न्याप च्याटमार्फत नै पारिवारिक पृष्ठभूमिबारे सामान्य कुराकानी भएको उनले भनेकी छन् ।
प्रतिक्रिया