Breaking

डा. तोसिमाको उम्मेदवारी खारेज, आयोगको निष्पक्षतामा शंका, अदालत जाने तयारी


काठमाडौँ — संसदीयनिर्वाचनमाउम्मेदवार बनेकाहरुको उम्मेदवारी खारेजीले निर्वाचनआयोग र दलहरुबीचको टकराव बढ्दो छ । ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डाक्टर तोसिमाकार्कीको उम्मेदवारी खारेजीपछि आयोग पुन एक पटक विवादमातानिएको छ । निर्वाचनआयोगले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाटप्रतिनिधिसभा सदस्यउम्मेदवार बनेकी डाक्टर तोसिमाकार्कीको उम्मेदवारी खारेज गरेको छ ।

सार्वजनिकलाभको पद धारण गरेको पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको हो । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यलाभको पद भएको ठहर गर्दै कार्कीको उम्मेदवारीलाई अयोग्यकायमगर्ने निर्णय गरेकोआयोगले जनाएको छ । घण्टी चुनावचिह्नमाभोट माग्दै जनताको घर–घर पुगिरहेकीकार्की आइतवार निर्वाचनआयोग पुगिन् । आयोगको निर्णयपत्रबुझ्दै निर्वाचनआयोगको निर्णयप्रतिउनले आक्रोशपोखिन् । चुनावीमाहोलअत्यन्त राम्रो भएको देखेपछि आफु विरुद्धको षडन्त्र भएकाभन्दै आफु चुपलागेर नबस्ने रकानुनीउपचार खोज्ने उनले बताएका छन ।

संसदीयनिर्वाचनमाउम्मेदवार बनेकाहरुको उम्मेदवारी खारेजीले निर्वाचनआयोग र उम्मेदवारबीचको टकरावनिरन्तर छ ।केहि समय अघि सत्तारुढ गठबन्धनबाट रुपन्देही– २ माउम्मेदवार बनेका एकीकृत समाजवादीका नेताराजु गुरुङको उम्मेदवार खारेजीले आलोचित बनेको आयोग पुनविवादमातानिएको हो । तर आयोगले भने आग्रहपूर्वग्र नभई कानुनमा टेकेर निर्णय गरेको स्पष्ट पारेको छ । आयोगमा परेको उजुरी र प्रमाणका आधारमाकानुनबमोजिमकार्कीको उम्मेदवारी खारेज भएको आयोगको दावी छ ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) कीनेतृ पम्फा भुसाल र नेकपाएमालेका अमृत खड्का सहित २० जनाको उम्मेदवारी रहेको ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय राजनीतिमाचासो नहुने कुरै भएन । स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर तोसिमालईदलकाउम्मेदवारलाई दवावमा राख्ने पात्रको रुपमा चित्रण गरिएको थियो । यद्यपिअन्तिम समयआएर उनको उम्मेदवारी खारेजीपछि दलकाउम्मेदवारहरुले राहतको महासुस गरेका छन् । गतनिर्वाचनमाप्रतिनिधिसभातर्फपम्पा भुसालले जितहासिल गरेको यो क्षेत्रमायसपटक कसले बाजीमार्ला ? योभने यसै आँकलनगर्न मुस्किल छ ।