Breaking

राप्रपाद्वारा ‘नेपाल बन्द’ नगर्ने प्रतिवद्धता


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘नेपाल बन्द’ जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ । घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले ‘नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने’ प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रको एक उपशीर्षकमा भनिएको छ, ‘राप्रपाले ‘नेपाल बन्द’ कहिल्यै गर्ने छैन : नेपाल बन्द सधैंका लागि बन्द’

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।