समाचार

काठमाडौँमा घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु


काठमाडौँ – काठमाडौँको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त ९कमलपोखरी० का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।