Breaking

ब्राजिल राष्ट्रपति चुनाव : पूर्वराष्ट्रपति लुलासँग वर्तमान राष्ट्रपति बोल्सोनारो पराजित


काठमाडौँ – ब्राजिलको राष्ट्रपतीय निर्वाचनको महत्वपूर्ण चरणमा दक्षिणपन्थी नेता जैर बोल्सोनारो वामपन्थी पूर्वराष्ट्रपति लुइज इनासियो ‘लुला’ दा सिल्भासँग पराजित भएका छन् ।

लुलाले सबै वैध मतको ५०।८५ मत पाएका छन् । यता, बोल्सोनारोका लागि ४९.२%  मत खसेको छ । सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुलाले विभिन्न भ्रष्टाचार काण्डबाट निस्किएर राजनीतिक विरासत फर्काएका हुन् । लुलाले १ जनवरी २०२३ मा पदभार ग्रहण गर्नेछन् । त्यस बेलासम्म बोल्सोनारो नै पदमा रहनेछन् ।

बोल्सोनारोका आलोचकहरूले उनलाई कोविड महामारीलाई सम्हाल्न नसकेको र अमेजनमा ठूलो वन फँडानीको अनुमति दिएको आरोप लगाएका छन् ।

राष्ट्रपति बन्ने पक्का भएपछि लुलाले भनेका छन् कि उनको नेतृत्वमा बन्ने सरकारले अमेजनमा वन फँडानीलाई शून्यमा कटौती गर्न संघर्ष गर्नेछ ।

“ब्राजिल र ग्रहलाई जीवित र सास फेर्न एउटा अमेजन चाहिन्छ,” वर्षावनमा अवैध गतिविधिलाई रोक्ने वाचा गर्दै, लुलाले भनेका छन्, “एउटा उभिइरहेको रूख अवैध रूपमा काटिएको एक टन काठभन्दा बढी मूल्यवान छ ।”

दुई उमेदवारहरू ध्रुवीयरुपमा विपरीत हुन् । लुला वामपन्थी ट्रेड युनियनका पूर्वनेता हुन् भने बोल्सोनारो दक्षिणपन्थी जनवादी र सेनाका पूर्वकप्तान हुन् ।

चुनावी अभियानका क्रममा दुवै पक्षबाट आरोप र गलत सूचनाका प्रयोग भएको बीबीसीले लेखेका छ । मतदानको लागि राजनीतिक तनाव उच्च बिन्दुमा पुगेको पनि समाचारमा उल्लेख छ ।