Breaking

बस्नेतलाई राजभण्डारीको चुनौती : सापटी रकम कहिले फिर्ता गर्ने ? तपाई भ्रष्ट कि म ?

'सोलुखुम्बुमा एमालेको जीतनिश्चित छ'


काठमाडौँ — सोलुखुम्बु प्रदेश सभा (ख) का एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफूमाथि भ्रष्टाचारको आरोप लगाउने गठबन्धनका उम्मेदवारसँग सापटी रकम फिर्ता गर्न आग्रह गर्नु भएको छ । एमाले सोलुखुम्बु – काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उहाँले अरुलाई भ्रष्टाचारको आरोप लगाउने आफ्ना प्रतिस्पर्धी आफै भ्रष्ट रहेको आरोप लगाउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट सोलुखुम्बुको प्रदेश (ख) को उम्मेदवार शिब बहादुर बस्नेत ‘राजेन्द्र’ प्रति इंगित गर्दै उहाँले एक रेडियो अन्तर्वार्तामा प्रदेश सांसदहरूले भ्रष्टाचार गरेको भन्ने सुनेको र सांसद रहँदा आफूले एक रुपैयाँमात्रै भ्रष्टाचार गरेको प्रमाणित गरे आफ्नो सबै सम्पत्ति प्रतिष्पर्धीलाई सुम्पिने राजभण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मैले त दाजुभाइ स्वस्थ प्रतिस्पर्धा गरौं, आखिर जित्ने त मैले नै हो भनेको थिएँ । तर, उहाँले मलाई एक अन्तर्वार्तामा भ्रष्टाचारको आरोप लगाउनु भएछ, म मेरा प्रतिष्पर्धीलाई सोध्न चाहन्छु – मबाट लगेको २० हजार रुपैयाँ रकमकहिले फिर्ता गर्नु हुन्छ ? अब भन्नुहोस् । तपाई भ्रष्ट कि म भ्रष्ट ?’

राजभण्डारीले आफ्ना प्रतिष्पर्धीले आफूसँग मात्रन भई धेरै जनासँग सापटी भन्दै रकम लिएको र फिर्तानगरी बेइमानी गर्ने गरेको आरोप पनि लगाउनु भयो । ‘म एक्लैको भए त हुन्थ्यो नि, धेरैको रकम यसरी नै सापटी भन्दै लगेर फिर्ता गर्नुहुन्न । म उहाँलाई यही मञ्चबाट भन्न चाहन्छु, मैले फेरि पनि रकम फिर्ता पाऊँ भनेर माग्न नपरोस् । ’उहाँले भन्नुभयो ।
राजभण्डारीले सोलुखुम्बुको हालसम्मको विकास एमालेका स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदहरूको सहकार्यमा भएको दाबी गर्नुभयो ।

२०७४ को चुनावमा जिल्लाका धेरै जसो गाउँपालिकामा पैदलयात्रा गरी भोट मागेको स्मरण गर्दै उहाँले अहिले त्यो अवस्था नरहेको बताउनुभयो । ‘अहिले जिल्लाको कतिपय वडाहरूबाहेक सबै वडामा यातायात सञ्चालनभएका छन्, भोट माग्नजाँदापनि पैदल यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, ती हाम्रै प्रयासबाट भएकाहुन्’ उहाँले भन्नुभयो ।

अब सबै वडामा ट्रयाक खुल्ने र खुलि सकेको ठाउँमा सडकको स्तरोन्नति एवं कालोपत्रे गर्ने योजना उहाँले अघि सार्नुभयो । जिल्लामा २०४८ सालदेखि एकछत्र चुनाव लड्दै आएका बलबहादुर केसीलाई हराएर प्रतिनिधि सभामा एमालेका मानवीर राई र प्रदेशमा पनि एमालेका उम्मेदवारहरुलाई जिताउन उहाँले आग्रह गर्नु भयो । ‘अब काठमाडौँ बसेर होइन, गाउँ फर्केर भोट माग्न थाल्नु होस्, नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूको बारेमा मतदातालाई सुसुचित गराउनु होस् । जीतनिश्चित छ, यसलाई सुनिश्चित गराउनुहोस्’ उहाँले भन्नुभयो ।