काठमाडौँ — तिहार सकिए लगतै कार्तिक शुक्ल चर्तुदशीका दिन देखि शुरु भएको छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अघ्र्यचढाइएको छ ।श्रद्धा र निष्ठाका साथ व्रत बसी भोलि विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएसँगै यो पर्वको समापन हुनेछ । नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
विशेष गरी नेपालका तराईका मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । दशैं र तिहार सकिए लगतै शुरु भएको छठ पर्व कार्तिक शुक्ल चर्तुदशीका दिन देखि आरम्भ भएको हो । र छठ नितान्त सूर्यको उपासना गरी मनाउने प्रचलन छ । छठको शुरुवात मानिने चर्तुदशीको दिनलाई ब्रतालुहरू नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमीका दिनलाई खर्ना भनिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् र चोखो भई साँझपखसखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाअभ्यास हो पनि भनिन्छ । छठको तेस्रा दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् र अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान गर्ने घाटलाई बेहुली झै सिंगारने चलन छ ।
पशुपति नजिकै रहेको गौरीघाटमा पनि छठ पवको भब्य रुपमा तयारी गरीएको थियो । छठ पर्वको तयारीका लागी पशुपति बिकास कोषले ३ लाख सहयोग गरेको र अरु रकम आयोजक टिमले ब्यवस्थापन गरेको गौरीघाट छठपुजा समितीका एक सदस्य बताउछन् ।
षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन अर्घ दिई पूजा विसर्जन गरने परम्परा छ ।छठी माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । यसरी विषेश महत्वका साथ मनाईएको छठ पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको गौरीघाटमा पुगेर छठि माईको प्रार्थना गरी छठ पुजाका लागी सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको पनि अवलोकन गरेकी छिन् ।
सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर रक्षाका लागि विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ ।


प्रतिक्रिया