Breaking

चुनावी कार्यक्रममा शशांक कोइराला बेहोस


काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन् । नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन् । उनका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।