Breaking

पार्टीभित्रैका मान्छेले छेक्दा छेक्दै पनि काम गरेर देखाएँ: ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको दाबी गरेका छन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दा छेक्दै दुई वर्षमात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको उनको दाबी थियो ।

आज आइतवार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकाङ्क्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताउनुभयो । उनले हिजोका काम हेरेर अबको चुनावमा नागरिकले उम्मेदवार छान्ने बताउनुभयो ।