Breaking

एमाले उम्मेदवारलाई भोट माग्दै निखिल उप्रेती


काठमाडौँ — केही दिनदेखि सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा अभिनेता निखिल उप्रेती व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । निखिलका दाजु हरि उप्रेती मंसिर ४ को चुनावमा सर्लाही-३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हुन् ।

पित्तथैलीको समस्याले उनका दाजु वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो । अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।