Breaking

नवलपुर बस दुर्घटनाका घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – सरकारले नवलपुरको बुलिङटारमा भएको बस दुर्घटनाका घाइतेको तत्काल उपचार प्रबन्ध गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुलिङटारमा दुर्घटनाग्रस्त ना ६ ख ७५८० नम्बरको बसमा सवार घाइतेको उपचार गर्न निर्देशन दिएका हुन् । पाल्पाको रम्भा गाउँपालिकामा पर्ने हुँगीबाट मनकामना जाँदै गरेको बस बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु र २५ जना घाइते भएका थिए ।

‘पाल्पाको रम्भा गाउँपालिकामा हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु । दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, ‘घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

यद्यपि, सरकारले दुर्घटना परी मृत्यु भएका हरुको परिवारलाई आर्थिक सहायता बारेमा भने केही भनेको छैन ।