काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (आइतबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । देशभर तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ छ । अन्य स्थानका तापक्रमको अध्यावधिक विवरण आउन बाँकी छ ।
हिजो शनिबारको मापनअनुसार देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम यसप्रकार छ :



प्रतिक्रिया